राष्ट्रिय महिला लिगः आज पनि दुई खेल हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन्। लिगमा आज विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी क्लब तथा एपीएफ क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका प्रतिष्पर्धा गर्न लागेका हुन्।

दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। विराटनगर र आर्मीबीचको खेल बिहान साढे ११ बजे शुरु हुनेछ। चार खेल मध्ये दुईमा जित, एकमा बराबरी र एकमा हार ब्यहोरेको विराटनगर तालिकाको सातौं स्थानमा छ।

यस्तै आजै एपीएफ र चौदण्डीगढी नगरपालिकाबीचको खेल दिउँसो साढे २ बजे हुनेछ।

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिगमा बर्नलीले फुलह्यामलाई हरायो