धादिङमा ट्रक ठोक्किएः दुई जनाको मृत्यु

धादिङ। जिल्लाको थाक्रे गाउँपालिका–२ कोइरालेमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

बिग्रिएर सडक छेउमा रोकेर राखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

गएराति साढे ३ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छैन। दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  फरार प्रतिवादी कारागार चलान