बागमती प्रदेशसभा अगाडी प्रचण्ड–नेपाल समूहको नाराबाजी

हेटौंडा। नेकपा प्रचण्ड–माधव समूह ले हेटौंडास्थित बागमती प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेको छ। प्रदेशसभाको बैठक बोलाउन माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन्।

आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हन्। उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’ भन्दै नारा लगाएका छन्।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो।

तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए।

अन्य सम्बन्धित समाचार:  ट्रकको ठक्करबाट सफारी चालकको ज्यान गयो