अज्ञात व्यक्तिहरुद्वारा ट्याक्सीमा आगजनी

काठमाडौं। काठमाडौंमा रोकिराखेको ट्याक्सीमा आगजनी भएको छ। कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा गोंगबुमा आगजनी भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए।

‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन्। ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भने, ‘दुई जनाको खोजी कार्य भइरहेको छ।’

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आम हड्ताल गरेको छ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद बैठकः फागुन २३ गते संसद बोलाउन सिफारिस गर्ने निर्णय