काठमाडौं। नेपाली क्रिकेटर सोमपाल कामी सम्मिलित मराठा अरेबियन्सले आबुधाबी टी–१० लिगमा चौथो हार व्यहोरेको छ। बुधबार राति भएको खेलमा मराठा टिम आबुधाबीसँग ९ विकेटले पराजित भएको हो।
मराठाले दिएको ९८ रनको लक्ष्य आबुधाबीले ८ ओभर ३ बलमा १ विकेट गुमाएर पुरा गर्यो। आबुधाबीको जितमा क्रिस गेलले अविजित ८४ रन बनाए । पाउल स्ट्रर्लिङले १५ रन जोडे।
मराठाका मोसडेक होसेनले १ विकेट लिए । सोमपालले १ ओभर बलिङ गर्दै २७ रन खर्चिए।
यसअघि पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनाएको थियो। मराठाका लागि अलिशन सराफुले ३३ रन जोड्दा मोहमद हाफिजले २० रन बनाए। आबुधाबीका ओबेड म्याकोएले २ विकेट लिए।
जितसँगै आबुधाबीले ३ खेलमा २ अंक जोडेको छ। मराठाले पनि ३ खेलमा २ अंक जोडेको छ।