अष्ठलक्ष्मी शाक्य सहितका नेकपा कार्यकर्ता कलंकीबाट पक्राउ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता नेता अष्ठलक्ष्मी शाक्यलाई नियन्त्रणमा लिएको छ।

उनलाई काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो। आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता-कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो।

हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकाबेला पक्राउ परेका हुन्।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ।

अन्य सम्बन्धित समाचार:  नेकपा नफुटेसम्म कुन समुहमा लाग्ने भन्ने टुंगो लाग्दैन: कांग्रेस