वुहान। कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तयार पारेको टिम चीनको वुहान शहर पुगेको छ।
उनीहरुलाई चीन प्रवेश गर्न चीन सरकारले यसअघि रोक लगाएको थियो। चीनको वुहान सहरलाई कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल मानिएको छ। सो स्थानको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह बुधबार त्यहाँ पुगेको हो।
चीनको वुहानमा पुगेको सो समूहले बुधबार त्यहाँ रहेको कोरोना भाइरससम्बन्धी्प्रयोगशालाको निरीक्षण पनि गरेको छ। लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो।
वुहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने निर्णय सो संगठनले हालैमात्र गरेको थियो।
गएको महिना जनवरी २०२१ देखि अध्ययन शुरु हुने घोषणा गरिएको थियो। चीनले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलाई वुहान जाने अनुमति नदिएपछि हालैमात्र उनीहरु त्यहाँ पुगेका छन्।
प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।