फ्रेन्च लिग वान: पीएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ। बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-०ले पराजित गरेकाे हाे।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे।

जितसँगै तेस्रो स्थानमा रहेको पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ। १५ अंक जोडेको निम्स तालिकाको पुछारमा छ।

अन्य सम्बन्धित समाचार:  इटालिएन सिरी ए: युभेन्टसको शानदार जित