नेकपा प्रचण्ड-नेपाल समूहका सर्लाही इन्चार्ज बाटोमै मृत भेटिए

माेटरसाइकल

सर्लाही। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सर्लाही इन्चार्ज डाचाराज वाग्ले बाटोमै मृत अवस्थामा भेटिएका छन्। उनको दुर्घटनामा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

बुधबार साँझ बरहथवामा मसाल जुलुस निकालेपछि उनी मोटरसाइकलमा राजमार्गतर्फ आउँदै थिए। उनलाई हरिपुर नगरपालिका–१ हजारबिगहाका वाग्ले मुर्तियाको जंगलमा लडिरहेको अवस्थामा भेटिएको थियो।

बरहथवाबाट बुधबार अबेर राति हिँडेका उनी बाटोमा पर्ने जंगलमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मोटरसाइकलबाट केही पर लडिरहेका वाग्लेलाई बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  रौतहटबाट अवैध सालको काठ बरामद