आम हड्ताल: नेकपाका ७६ नेता कार्यकर्ता पक्राउ

काठमाडाैं। नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आम हड्तालमा बन्द गराउँदै हिड्ने ७६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीका अनुसार काठमाडौँबाट मात्रै ७६ जना नेता कार्यकर्ता पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पनि छन्। उनी कलंकीबाट पक्राउ परेकी हुन् । शाक्यसहित कलंकीबाट ८ जना प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता पक्राउ परेका छन् । यस्तै भक्तपुरबाट १ जना पक्राउ परेका छन्।

अहिलेसम्म उपत्यकामा मात्रै ७६ जना पक्राउ परेका र बन्द गराउँदै हिडेका अरुलाई पनि पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

प्रचण्ड-नेपाल समूहले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको कमदविरुद्ध आम हड्ताल आह्वान गरेपनि गृह मन्त्रालयले भने बजार पसल खोल्न भनेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसदः मुख्य सचेतक भट्टराई