आमहड्ताल शान्तिपूर्ण छ: नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभर आह्वान गरिएको आमहड्ताल शान्तिपूर्ण रहेको बताएका छन्।

आमहड्ताललाई सफल बनाउन रत्‍नपार्कबाट कमाण्ड सम्हालिरहेका प्रवक्ता श्रेष्ठले केही छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा भइरहेको बताएका हुन्। ‘‘एक दुई वटा अप्रिय घटना भएका छन्, ती राज्यतर्फकै दमनका कारण भएका हुन्,’’ उनले भने, ‘‘हाम्रो नीति शान्तिपूर्ण आन्दोलन गर्ने हो, त्यही अनुरूप देशभर आमहड्ताल भइरहेको छ। यद्यपि, यसक्रममा घटेका केही अवाञ्छित घटनाको हामी आन्तरिक रूपमा छनबिन गर्छौं।’’

उनले आफूहरूले बाध्यताबस आमहड्ताल गर्नुपरेको भन्दै सकेसम्म हड्ताल नगर्ने पार्टीको नीति भए पनि अहिले बाध्यता परेका बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम नसच्चिएसम्म आन्दोलन जारी रहने प्रवक्ता श्रेष्ठले बताए। प्रतिनिधिसभा पुनस्र्थापना, विभिन्‍न संवैधानिक आयोगमा गरिएका असंवैधानिक नियुक्ति खारेजीलगायत माग पूरा हुनुपर्ने उनले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन