मोरङबाट १८५ राउण्ड गोली बरामद

मोरङ। मोरङको उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद भएको छ। उर्लाबारी १ लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्‍ने क्रममा बुधबार फेला परेको उक्त परिमाणको गोली प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।

सुवेदीले खेत खन्ने क्रममा कालो प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको अवस्थामा गोली फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।

७ दशमलव ६२ एमएमका उक्त परिणामको गोली इलका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डीएसपी मानबहादुर राईले बताए।

अन्य सम्बन्धित समाचार:  उर्लाबारी घटनाः मृतक भनेर फरक व्यक्तिको फोटो राखिएको पुष्टि