काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो सातादेखि हुने संयुक्त जनआन्दोलनले केपी ओलीकाे आयु समाप्त हुने बताएका छन्।
ललितपुरमा कार्यकर्ताहरूसँग नाराबाजीमा उत्रिएका दाहालले भने,“हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ।”
ओली समूहले भोलि गर्ने भनिएको सभालाई ‘पञ्चे र्याली’को संज्ञा दिँदै उनले ओलीले पैसा तिरेर मान्छे ल्याएर र्याली गर्न लागेको आरोप समेत लगाए ।