अष्टलक्ष्मी शाक्य पक्राउ परेपछि रामकुमारी झाँक्रीले भनिन्, ‘हामी मैदानमै छौँ’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु मैदानमै रहेको बताएकी छन्। नेत्री अष्टलक्ष्मी शाक्य पक्राउ परेपछि झाँक्रीले शाक्यप्रति सम्मान व्यक्त गर्दै आफूहरु मैदानमै रहेको र आन्दोलन सफल पारिछाड्ने बताएकी हुन्।

शाक्यलगायतलाई कलंकीबाट पक्राउ गरेर महाराजगन्ज गणमा राखिएको छ।

झाँक्रीले केपी शर्मा ओलीको तानशाहको दिनगन्ती सुरु भएको भन्दै उनी हिँडेको बाटो छिट्टै ढल्ने टिप्पणी समेत गरेकी छन्। उनले भनेकी छिन्, ‘प्रतिगमनविरुद्ध उठौँ र जागौँ, एक धक्का अरू दिऔं। लोकतन्त्रको रक्षा गर्न, संविधानलाई सही ट्रयाकमा ल्याउन, संसद पुनःस्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्रभावकारी बनाऔ।’

 

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समुहको संसदीय दलको बैठक सुरु