शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप असह्यः वर्षमान पुन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप असह्य हुने बताएका छन्।

बिहीबार काठमाडौंको चाबहिल क्षेत्रमा आमहड्तालको नेतृत्व गरिरहेका पुनले आफूहरुले मुठभेढ नचाहेको बताएका छन्। “शान्तिपूर्ण आन्दोलनमा सरकारको हस्तक्षेप असह्य हुन्छ। शान्तिपूर्ण आन्दोलन गर्न पाइन्छ। सरकार आतंकित भएको छ। जनतासँग आतंकित हुनु निरंकुश सरकारको विशेषता हो। हामी मुठभेढ चाहँदैनौँ। प्रहरी मुठभेढ चाहन्छ भने त्यो उसको जिम्मा हो,” पुनले भने।

संसद् विघटनको बहस चलिरहेका बेला संसदीय सुनुवाइबिना नै संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथग्रहण गराएर संविधानको उल्लंघन गरिएको उनले बताए। उनले आन्दोलन गर्नु रहर नभएको बताए।

अन्य सम्बन्धित समाचार:  नेकपा नाम विवादको बहस सकियो, निर्णय फागुन २० गते सुनाउने