काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले गिरावट आएको हो।
बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर प्रतितोला ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य ९० हजार ६ सय रुपैया कायम भएको छ।
यस्तै चाँदीका मूल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।