काठमाडौं। अफगानिस्तानमा गृहयुद्धको खतरा रहेको भन्दै युरोपियन युनियन ईयूले चिन्ता व्यक्त गरेको छ। अफगानिस्तानको भ्रमणमा रहेका इयूका वरिष्ठ कूटनीतिज्ञले त्यहाँ हिंसा बढिरहेकाले गृहयुद्धको खतरा रहेको बताएका हुन्।
यता, अमेरिकी संसद्ले जो बाइडेन प्रशासनलाई अफगानिस्तानबाट अमेरिकी सेना तत्काल फिर्ता नगर्न आग्रह गरेको छ।
शान्ति प्रक्रियाबारे तालिवान गम्भिर नभएको हुन सक्ने भन्दै उनीहरूले सेना फिर्ता बोलाउने योजनालाई पछाडि सार्न आह्वान गरेका हुन्। उनीहरूले सैन्य कूको प्रयास गर्न सक्ने पनि बताएका छन्।