कोरोना खोप थप उपलब्ध गराउन भारतसँग आग्रह

काठमाडौं। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोनाविरुद्धको थप खोप उपलब्ध गराउन भारतसँग आग्रह गरेका छन्। विश्व रेकर्डको प्रमाणपत्र लिन भारत पुगेका मन्त्री मानन्धरले भारतले कोरोनाविरुद्धको अनुदानमा दश लाख डोज खोप उपलब्ध गराएकोप्रति धन्यवाद दिँदै खोप अनुदान बढाउन आग्रह गरेका हुन्।

भारतमा उत्पादित कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको उनले बताए। मानन्धरले दुई देशबीच पौराणिक कालदेखिको सम्बन्ध रहेको बताउँदै संस्कार र साँस्कृतिक रुपमा समानता नै दुई देशीचको सम्बन्धको आधार रहेको बताए।

नेपाल भारतबीच केही स्थानमा सीमा विवाद देखिएको बताउँदै मन्त्री मानन्धरले आपसी समझदारी र छलफलबाट सीमा विवाद टुग्याउनुपर्ने बताए।

 

अन्य सम्बन्धित समाचार:  सर्वोच्चको फैसलाः संसद् पुनस्र्थापना गर्ने