आमहड्ताल: कैलालीका मुख्य बजार ठप्प

कैलाली। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालका कारण कैलालीका मुख्य बजारहरू ठप्प भएका छन्। बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधनहरु चल्न सकेका छैनन् भने  शैक्षिक संस्था, सार्वजनिक यातायात सेवा लगायत पनि बन्द छन्। 

नेकपाका प्रचण्ड–नेपाल समूहका नेता रमेश धामीले बिहानैदेखि चोकचोकमा नेता कार्यकर्ता भेला भएको बताए। बन्दकर्ताले कैलालीको क्याम्पस चौकमा टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन्। 

अहिलेसम्म कैलालीमा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम तथा नियुक्तिविरुद्ध गरिएको आमहडतालका देशभरका बिभिन्न ठाउँहरूमा नाराबाजी तथा झडपहरू समेत भईरहेका छन्। 

अन्य सम्बन्धित समाचार:  उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै