बन्दको पालना नगरेको भन्दै चार ट्रकमा तोडफोड

काठमाडौँ। नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको आमहड्तालका क्रममा सञ्चालन गरेको भन्दै आमहड्ताल कर्ताले चार ट्रकमा तोडफोड गरेका छन्। काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

 प्रहरीका अनुसार आमहड्ताल कर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको हो। मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन्। त्यसैगरी यता टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा एक युवक मृत फेला