प्रचण्ड–नेपाल समूहका १५० कार्यकर्ता काठमाडौंबाट पक्राउ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका १५० कार्यकर्ताहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा,विजय पौडेल लगायत १ सय ५० बढी नेता–कार्यकर्ता पक्राउ परेको संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ। प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन्।

संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आमहड्तालको घोषणा गरेको हो। काठमाडौंमा बन्दको आंशिक प्रभाव छ। उपत्यका बाहिरका जिल्लामा पनि बन्दको आंशिक देखि सामान्य प्रभाव परेको छ।

अन्य सम्बन्धित समाचार:  रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता