बन्दको विरोध गर्दै पोखरामा ओली समूहको प्रदर्शन

काठमाडौं। नेपाल कम्युष्टि पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा पोखरामा ओली समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन्। पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्।

प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड नेपाल पक्षका कार्यकर्ताबीच भनाभन समेत भएको छ। पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्‍याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको छ।

प्रचण्ड नेपाल समूहले नेपाल बन्द गरेर सर्वसाधारणलाई दुस्ख दिएकाले विरोध गर्नुपरेको ओली समूह अनेरास्ववियुका केन्द्रीय सदस्य केशव सापकोटाले बताए।

 

अन्य सम्बन्धित समाचार:  सर्वोच्चको फैसलापछि फेरि एमाले र माओवादी केन्द्र ब्युँतिए