ओली निरंकुश शासक हुन्: माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासक भएको टिप्पणी गरेका छन्।

संवैधानिक नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल क्षले आह्वान गरेको आमहड्ताल सफल पार्न सडकमा निस्किएका नेपालले ओलीमा अधिनायकवादी चरित्र देखा परेको आरोप लगाएका छन्।

‘अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओलीजीले संविधान मिच्दैमिच्चै अगाडि बढिरहनुभएको छ । उहाँको एकपछि अर्को अधिनायकवादी चरित्र देखिइरहेको छ । केपी ओली निरंकुश शासक हुन् । उनमा अलिकति पनि लोकतान्त्रिक चरित्र छैन । यिनी सुध्रिने लक्षणका मानिस पनि हैनन्’ नेपालले भने ।

नेता नेपालले संविधान, संघीयता र गणतन्त्रप्रति ओलीमा कुनै अपनत्व नरहेको आरोप समेत लगाए । उनले संवैधानिक नियुक्तिको प्रक्रिया नै गलत भएको बताए ।

अन्य सम्बन्धित समाचार:  विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ: प्रवक्ता श्रेष्ठ