आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने

काठमाडौं। प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ। संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज आम हड्तालको घोषणा गरेको हो। साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत