बन्दको प्रतिकार गर्दै सुर्खेतमा ओली समूहको मोटरसाइकल र्‍याली

काठमाडौं। आम हड्तालको प्रतिकार गर्दै सुर्खेतमा नेकपा ओली समूहको भातृ संगठन अनेरास्ववियुले मोटरसाइकल जुलुस निकालेको छ। प्रचण्ड–नेपाल समूहले बिहीबार हड्ताल गरिरहेको बेला अनेरास्ववियु सुर्खेतले बन्द नभएको भन्दै र्‍याली निकालेर बजार परिक्रमा गरेका हुन्।

युवाहरुले ‘बन्द गर्न पाईँदैन’, ‘विद्यार्थीलाई पढ्न देऊ’, ‘व्यापारीलाई व्यापार गर्न देऊ’लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका छन्।

यसैबीच, हड्तालमा उत्रिएका प्रचण्ड–नेपाल समूहका युवाहरुले सुर्खेतमा स्थानीयलाई कुटपिट गरेका छन्। शान्तिपूर्ण आन्दोलन गरिरहेको भनेतापनि युवा समूह भने उग्र बन्दै गएका हुन्। आन्दोलनमा सहभागीले बिहान मोटरसाइकल चलाइरहेका मानिसलाई तानेर कुटपिट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताएको छ।

अन्य सम्बन्धित समाचार:  देउवासहितका कांग्रेसका शीर्ष नेता चितवन जाँदै