काठमाडाैं। नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको कारण सवारीसाधन चलेकाे छैन। सार्वजनिक यातायात ठप्प जस्तै छ भने नीजि सवारीसाधन केही मात्रामा चलेका छन्।
गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन्। प्रचण्ड-माधव समूहका कार्यकर्ताहरुले राजधानीका मुख्य मुख्य चाेकहरुमा अवराेध जारी राखेका छन्।
यसैबीच आमहडताल साँझ छ बजे खुल्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्।