धनगढीमा नेकपाका दुवै पक्षबीच विवाद 

कैलाली। कैलालीको धनगढीमा नेकपाका दुवै पक्षबीच विवाद भएको छ। नेकपा प्रचण्ड–माधव पक्षले देशभर आमहड्ताल गरेको छ। यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्प कमल दाहाल प्रचण्ड– माधव कुमार नेपाल पक्ष सडकमा उत्रिएका छन्।

प्रचण्ड–माधव पक्ष सरकारले गरेको संवैधानिक नियुक्ति संविधान विपरीत भएको भन्दै आमहड्तालमा छ भने ओली पक्ष बन्द र हड्तालको विरुद्धमा सडकमा उत्रिएको हो।

अन्य सम्बन्धित समाचार:  नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ