आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नुपर्‍योः माधवकुमार नेपाल

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन आम हड्ताल गर्नु परेको जानकारी दिएका छन्। प्रचण्ड–माधव पक्ष सरकारले गरेको संवैधानिक नियुक्ति संविधान विपरीत भएको भन्दै आमहड्तालमा छ। 

उक्त हड्तालमा सहभागि भएका बरिष्ठ नेता नेपालले ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको दाबी गरेका छन्। उनले भने, ‘संविधानलाई कुच्लिएकाले प्रतिवाद स्वरुप आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नु परेको हो,’। साथै उनले यस हड्तालले गर्दा जनतालाई दुःख कष्ट भएको पनि बताए ‘आमहड्तालले गर्दा जनतालाई दुःख कष्ट भएको छ। यसको लागि हामी क्षमा माग्न चाहन्छौ। उनले भने।’

अन्य सम्बन्धित समाचार:  विप्लव समूहका जिल्ला इञ्चार्ज फिल्टर पक्राउ