अर्थमन्त्री पौडेल र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। अर्थमन्त्रीको निवासमा भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक क्रमको बारेमा कुराकानी हुनुको साथै भारतले नेपालमा सञ्चालन गर्ने विभिन्न परियोजनाका लागि छुट्याएको वजेटको बारेमा छलफल भएको छ।

भारतले जारी गरेको बजेटमा नेपालका लागि १५ अर्ब ८७ करोड रुपैयाँ छुट्टयाइएको छ। त्यो बजेट कसरी कुन–कुन शीर्षकमा खर्च गर्ने त्यस विषयमा दुई जनाबीचमा छलफल भएको भारतीय दूतावासले जनाएको छ।

 

 

अन्य सम्बन्धित समाचार:  सहिद स्मारक बी डिभिजन लिगमा आज पनि दुई खेल हुँदै