नेपाली सेनामा ‘सेकेन्ड लेफ्टिनेन्ट’को जागिर खुल्याे

काठमाडाैै। नेपाली सेनाले रिक्त पद पूर्ति गर्न आवेदन माग गरेकाे छ। सेनाले अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’को जागिर खुल्ला गरेकाे विज्ञापन गरेकाे छ। यस वर्षका लागि सेनाले दुई सय जना अधिकृत क्याडेटको भर्ना गर्ने भएकाे छ। सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो।

खुलातर्फ १ सय ५, समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाति, २५ मधेसी, १४ दलित, ५ अमर सैनिक सन्तति र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ। आजैदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।
अन्य सम्बन्धित समाचार:  प्रचण्डले अदालतमा पेस गरेका मुख्य पाँच बुँदा