जनकपुरमा झडपः प्रहरीले नेता रामचन्द्र झासहित ११ जना घाइते

धनुषा। नेकपा प्रचण्ड–माधव पक्षका आन्दोलनकारी र प्रहरीबिच जनकपुरधाममा झडप भएपछि प्रहरीले दर्जनौँ राउन्ड हवाइ फायर गरेको छ। धनुषाको शिवचोकमा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो। त्यसै क्रममा झडप भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताएका छन्।

एसपी प्रकाश रानाभाटका अनुसार बन्दकर्ताले प्रहरीकै गाडीमा तोडफोड गरेपछि गोली चलाउनुपरेको हो। तर प्रहरीको गोली कसैलाई पनि नलागेको र लाठीचार्जका क्रममा नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता रामचन्द्र झासहित ११ जना घाइते भएका जनाइएको छ। 

अन्य सम्बन्धित समाचार:  धादिङमा ३ यात्रुबाहक बस ठोक्किएः १३ जना घाइते, २ को अवस्था गम्भीर