आम हड्तालका कारण कपिलवस्तुका उद्याेग कलकारखाना बन्द

कपिलबस्तु। नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहले  गरेकाे देशव्यापी आम हड्तालको प्रभाव कपिलवस्तुमा पनि परेको छ। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरूमा नियुक्ति गरेपछि असन्तुष्ट बनेकाे नेकपा (दाहाल नेपाल) पक्षले सरकारलाई दबाब दिन सडक आन्दाेलन गरेकाे हाे।

बन्दका कारण सदरमुकाम तौलिहवा, चार नम्बर जितपुर, चन्द्रौटा, कृष्णनगर सुनसान बनेका छन् भने पूर्व पश्चिम राजमार्ग बिहानै देखि सुनसान बनेको छ। यता सहायक सडकहरूमा पनि सवारी चलेका छैनन्। उद्याेगधन्दा समेत बन्द भएका छन्।

बन्दकर्ताले कुनै अप्रिय कदम चाल्ने सम्भावनाका कारण जिल्लाका ठाउँ ठाउँमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ।