धनगढीमा प्रचण्ड–माधव र ओली पक्षबीच तनाव

कैलाली। कैलालीको धनगढीमा नेकपा पुष्प कमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली पक्षबीच विवाद भएको छ। दुवै पक्ष आमन्ने सामुन्ने आएपछि धनगढीको चौराहा तनावग्रस्त बनेको छ। 

नेकपा ओली पक्षका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले थुतेपछि विवाद बढेको हो। अहिले ओली पक्षका कार्यकर्ताले चाबी फिर्ता गर्नुपर्ने भन्दै चौराहामा नाराबाजी गरिरहेका छन् भने यता प्रचण्ड–नेपाल पक्षले हडतालको पालना नगरेको भन्दै थुतिएको चाबी फिर्ता नदिने अडान राखेको छ।

 

अन्य सम्बन्धित समाचार:  सर्वाेच्चमा प्रचण्डद्वारा लिखित जवाफ पेश