दीपक मनाङ्गेले ‘२ नम्बरी’ मा लगानी गरे

काठमाडाैं। दीपक मनाङ्गेले  ‘२ नम्बरी’ चलचित्रमा लगानी गरेका छन्। लकडाउनका कारण छायांकन हुन नसकेको चलचित्र २ नम्बरीको निर्माताका रूपमा दीपक मनाङ्गेकाे प्रवेश नेपाली चलचित्रमा हुन लागेकाे हाे।

यसअघि ‘पोइ पर्‍यो काले’ चलचित्रमा पनि मनाङ्गेले लगानी गरेका थिए। बन्दै गरेकाे चलचित्र उनको दोस्रो हो। दीपेन्द्र लामाले निर्देशन गरिरहेकाे यस चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत लगायत भुटानी नायिका उगेन छोदनको मुख्य भूमिका रहेको छ।

चलचित्रकाे बाँकी छायांकन भने चैत्र १५ गतेबाट पुनः सुरु हुने बताइको छ। मनाङ्गे यतिबेला गण्डकी प्रदेशका सांसद् छन्। नेकपानिकट उनी मनाङ १ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।