काठमाडौं। लागूऔषध सहित एकजना पक्राउ परेका छन्। चन्द्रागिरी नागढुङ्गाबाट करिब १ किलो अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने १९ वर्षीय अनुज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
नवलपरासीबाट काठमाडौं तर्फ आउँदै गरेको लु १ ख ९१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाइएको छ।