नायिका करिश्मा मानन्धर ४७ वर्ष लागिन्

ललितपुर। नेपाली चलचित्रमा लामो समय सफल नायिकाकाे रुपमा जमेकी करिश्मा मानन्धरकाे आज जन्मदिन। अर्थात यी सुन्दर नायिका उमेरले आजबाट ४७ वर्ष लागिन्।

विक्रम संवत् २०३० मा ललितपुरकाे ( हालकाे गोदावरी नगरपालिका -१३) मा जन्मेकी त्यतिबेलाकी बुनु केसी  नै आजकी करिश्मा मानन्धर हुन्। निर्माता बिनोद मानन्धरसँग चलचित्र कस्तुरी खेल्दै गर्दा उनको लगनगाँठो कसिएको हाे।

वि.सं २०४२ मा निर्माण भएको सन्तान चलचित्रबाट करिश्माले नेपाली चलचित्रकाे डायस्पोरामा पाइला राखेकी थिइन्।

त्यसपछि क्रमश: उनले ‘मायालु’,‘कस्तुरी’, ‘ट्रक ड्राइभर’, ‘भाउजु, ‘वसन्ती’ लगायत थुप्रै सफल चलचित्रमा अभिनय गरिन्। लामाे समय अमेरिका बसाइपछि नेपाल फिरेकी करिश्माले यस अन्तरालमा केही चलचित्रका अलावा म्युजिक भिडियोमा पनि अभिनय गरिन्।

यसबीच उनले प्रवेशिका परीक्षा समेत पास गरिन्। करिश्मा अहिले ‘बनवास’ बनाउने तयारीमा छिन्। जुन चलचित्रमा उनले छोरी कवितालाई खेलाउने बताएकी छिन्। हाल करिश्मा गोदावरीको टौखेलमा बस्दै आएकी छिन्।

जन्मदिनका अवसरमा उनले खासै विशेष कार्यक्रम नराखेका बताएपनि पारिवारिक माहोलमा उनले घरमै जन्मदिन मनाउँदै छिन्।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने