एक दर्जन कम्पनीहरुको शेयर कारोबारमा सकारात्मक सर्किट

काठमाडाैं। बिहीबार लघुवित्त कम्पनीहरुमा सेकेण्डरी शेयर खरिद गर्नेहरुकाे चाप रह्याे। आज १० कम्पनीहरुकाे शेयर मूल्य बढ्दा ९ वटा लघुवित्त कम्पनीहरु पनि रहे।

नेप्से परिसूचक ०.३४ प्रतिशत बढ्दा १ दर्जन भन्दा बढी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमध्ये अधिकांश लघुवित्त कम्पनी रहेका छन् भने बाँकी जलविद्युत कम्पनी रहेका छन्।

आज सूर्योदय लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, समिट लघुवित्त, महुली सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, सर्पोट लघुवित्त, कालिका लघुवित्त र ग्रामिण विकास लघुवित्तको शेयर सकारात्मक सर्कित लेभलमा कारोबार भएको हो। त्यसैगरी, सिनर्जी पावर, माउन्टेन हाइड्र र राधी विद्युत र पाँचथर पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

अन्य सम्बन्धित समाचार:  फेरि बढ्यो सुनको मूल्य,कति पुग्यो?

दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा ६० कम्पनीको शेयरमूल्य भने घटेको छ जसमध्ये प्रभु लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ३.४६ प्रतिशत अर्थात ३२ रुपैयाँ घटेर ८९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।