काठमाडौं। नेपालमा थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८७८ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ७८ जनासहित देशभर १७१ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ।
यस्तै थप २२७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ।
हाल २ हजार २७७ संक्रिय संक्रमित छन्। ९२ जना क्वारेन्टाइनमा रहेका छन्।
यसैगरी थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ।