केपी ओली बा “आई लभ यू” भन्दै काठमाडौंमा मार्चपास

काठमाडौं। काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवा नेता महेश बस्नेतको नेतृत्वमा बन्द हड्तालविरुद्ध युवाहरूले मार्चपास गरेका छन्। मार्चपासमा ‘नेपाल बन्द होइन नेपाल अब बन्दैछ’, ‘केपी ओली आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ लगायतका नारा लगाइएको थियो।

बस्नेतको नेतृत्वमा निस्किएकाे मार्चपास प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसबाट शुरु भएर पुतलीसडक, कमलादी हुँदै पुनः वाल्मीकि क्याम्पसमै पुगेर टुंगिएको थियाे।

अन्य सम्बन्धित समाचार:  गगन थापाको प्रश्न– सभामुख कुन पार्टीको हो?