डडेल्धुरामा प्रचण्ड–नेपाल समूहद्वारा प्रहरीमाथि आक्रमण 

भावना पौडेल, डडेल्धुरा। डडेल्धुरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रहरीमाथि आक्रमण गरेको छ। बजार बन्द गराउँदै हिँडेका कार्यकर्ताले प्रहरीमाथि जिल्लाको भात्काँडा बजारमा आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।

उनीहरूले गरेको ढुंगा प्रहारबाट भात्काँडा प्रहरी चौकीका इन्चार्ज अम्मरबहादुर खडायत घाइते भएको उनले जानकारी दिए । ढुंगा प्रहारबाट खडायतको खुट्टामा चोट लागेको छ। 

आक्रमण गर्नेहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। उता प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियू डडेल्धुराका संयोजक सन्तोष भाटले बजार बन्द गराउँदै गरेका कार्यकर्तालाई अवरोध गरेपछि हातपात गरिएको बताए।

अन्य सम्बन्धित समाचार:  भीरबाट खसेको ढुंगाले टाउकोमा लाग्दा बालिकाको मृत्यु