नेपालमा हालसम्म कति जनाले लगाए कोरोना खोप?

काठमाडौं। नेपालमा हालसम्म कुल १ लाख ५८ हजार ४८७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयले निकालेको एक विज्ञप्तिका अनुसार नेपालमा आज बेलुका ४ बजेसम्मको तथ्याङ्ककाअनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख ५८ हजार ४८७ जनाले कोरोना विरुद्धको खोप लगाएका जनाइएको छ।

जसमध्ये प्रदेश १ मा २१ हजार ७५४, प्रदेश २ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकीमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७९८, कर्णालीमा ८,७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले भ्याक्सिन लगाएका छन्।

अन्य सम्बन्धित समाचार:  जर्मनीमा प्रतिबन्धहरु खुकुलो पारिँदै