नेत्रविक्रम चन्द नेतृत्वका नेता बाँस्तोलालाई छाड्न सर्वोच्चकाे आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तेस्रो वरीयताका नेता धमेन्द्र बाँस्तोला (कन्चन)लाई छाड्न आदेश दिएको छ। बिहीबार बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले बाँस्तोलालाई छाड्न आदेश दिएको हो।

विप्लव नेकपाका पश्चिम कमाण्ड इन्चार्ज एवं सचिवालय सदस्य बाँस्तोलाको पक्षबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिटमाथि सर्वोच्चले सुनुवाइ गर्दै सवोच्चले अदालतका रजिष्टार र नेपाल बार एशोसियसनका अध्यक्षको रोहबरमा छाड्न आदेश दिएको हो।

बाँस्तोलासहित चार जनालाई पुस २९ गते ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लगाउँदै प्रहरीले म्याद थप गरी अनुसन्धान गरेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

बाँस्तोलाको मुद्दा अन्यत्र पनि रहेकाले प्रहरीले पुनः पक्राउको तयारी समेत गरिरहेको छ।