कम्युनिष्ट आन्दोलनका ठूला विरोधी नै उहाँहरु: ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी दाहाल-नेपाल समूह भएको आराेप लगाएका छन्।

बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघकाे राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट कै खोल ओढेर कम्युनिष्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिष्ट आन्दोलनलाई पटक-पटक बदनाम गरेकाे बताए।

प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समूह नियम तोड्ने धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिडेको भन्दै अब ‘कानून मान्दिनँ’भन्ने जमाना नभएको बताए।

आमहड्ताल गरेर दाहाल-नेपाल समूहले जनतालाई दु:ख दिएको र आफुहरु चाँही गाडी र मोटरसाईकलबाट जनताले पाएको दु:खको तमासा हेर्दै हिडेको बताए।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा गर्न लागिएको ओली पक्षको सभा स्थगित