लागूऔषधसहित दुईजना पक्राउ

सामूहिक

धनुषा। लागूऔषध खरिदका लागि भक्तपुरबाट मोटरसाइकल चढेर भारत पुगेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गरेका भक्तपुर सूर्यविनायक नगरपालिका वडा ९ बस्ने २२ वर्षका निश्चल महत र सोही उमेरका सुभित राउतलाई महोत्तरीको सम्सी गाउँपालिका–६ बाट पक्राउ गरिएकाे हाे।

उनीहरूको साथबाट नुरफिन ५ थान, फेहारगन इन्जेक्सन ५ थान, डाइजेल्याब इन्जेक्सन २ थान बरामद भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार दुवैविरूद्ध लागूऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अन्य अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  छोरा जन्मेपछि बलात्कार आरोपित पक्राउ