तानाशाही सरकार विरुद्ध जनआन्दोलन थाल्न ढिला नगराैै: डा.बाबुराम भट्टराई

संखुवासभा। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको पछिल्ला कदमले मुलुक संकट तर्फ जाने चेतावनी दिएका छन्।

शुक्रबार संखुवासभाको खाँदवारीमा हुने आमसभालाई सम्वोधन गर्न आएका डा. भट्टराईले आज गरिएकाे पत्रकार सम्मेलनमा उक्त चेतावनी दिएका हुन्। सरकारको र सेनाको गतिविधिले देशमा संकटकाल घोषणा गरि संविधानका धारा निलम्वन गरेर तानाशाही शासन तर्फ सरकार अगाडी बढ्न खोजेको देखिएको उनले बताए।

जनता सडकमा नआएसम्म प्रतिगमन नसच्चिने भन्दै भट्टराईले जनआन्दोलन थाल्न ढिला गर्न नहुने समेत धारणा राखे।

अन्य सम्बन्धित समाचार:  काँग्रेसले बोलायो संसदीय दलको बैठक