बैतडीमा १७ वर्षीया किशोरी मृत फेला

माेटरसाइकल

बैतडी। बैतडीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी मृत फेला परेकी हुन् । सनातन धर्म माविमा अध्ययनरत उनी बुधबार विद्यालय गएकी थिइन्। साँझसम्म घर नफर्केपछि परिवारले खोजी गरेका थिए । प्रहरीका अनुसार खोजी गर्दै जाँदा उनको शव लवलेक जङ्गलमा बिहीबार फेला परेको हो।

स्थानीय प्रहरी चौकीबाट सईको नेतृत्वमा घटनास्थलमा टोली पुगेको र आफू पनि जाँदै गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृत्युको कारण पत्ता लाग्न सकेको छैन् भने बलात्कारपछि हत्या गरिएको ती किशोरीका आफन्तको आशंका छ।

अन्य सम्बन्धित समाचार:  मौसम पूर्वानुमानः कतै पानी पर्ने, कतै हिमपात