ग्रिनलाइफ हाइड्रोपावरकाे आईपीओ शुक्रबार निष्कासन हुदैँ

काठमाडौं। ग्रिनलाइफ हाइड्रोपावरले माघ २३ गते शुक्रबार प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्दैछ। ग्रिनलाइफ हाइड्रोपावरले यसअघि आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको १८ लाख कित्ता मध्ये बिक्री नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गर्न लागेको हो।

जसमध्ये ५ प्रतिशत अथात् १ लाख ७४ हजार ८२० कित्ता सेयर सामुहिक लगानीकोष र २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

अन्य सम्बन्धित समाचार:  महिला लघुवित्तको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्ट मार्फत