एक भएर चुनौतिको सामना गरौंः श्रीलङ्काका राष्ट्रपति

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले एकता र श्रीलङ्काली जनताले यस मुलुकमा सामना गरिरहेका चुनौतीहरूको सामना गर्न थप प्रयास गर्न आग्रह गरेका छन्।

श्रीलङ्काको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा बिहीबार आफ्नो सम्बोधनमा राजपाक्षले भने, ‘श्रीलङ्काले आफ्नो स्वतन्त्रताको ७३ वर्षमा धेरै चुनौतीहरूको सामना गर्नुपरेको स्मरण गर्दै राष्ट्रको विकासका क्रममा अझै धेरै समस्याहरूको सामना गर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्ने छ।’

‘राष्ट्रिय सुरक्षा स्थापना, हाम्रो देशका विभिन्न समुदायबीच साँचो मेलमिलाप प्राप्त गर्ने र दिगो आर्थिक विकास गर्न र गरिबीलाई उन्मूलन गर्न सक्ने एक सशक्त अर्थव्यवस्था निर्माण गर्ने चुनौतिहरु अझै हाम्रो सामु रहेको छ’ राजापाक्षले भने।

कोभिड–१९ महामारीको कारण सारा विश्व सङ्कटमा रहेको समयमा त्यस समयमा श्रीलङ्काले पनिे विकास कार्यहरू सञ्चालन गर्न र सामान्य जीवन बिताउन गम्भीर समस्या पैदा गरेको कारण केही समयदेखि देशको आर्थिक वृद्धि खस्किएको उनले बताए। तर यसलाई चालू आर्थिक वर्षमा नै सुधार भइसक्ने उनको दावी थियो।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक महिने कफ्र्यू घोषणा