इङलिश प्रिमियर लिग: टोटनह्याममाथि चेल्सीको जित

इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । बिहीबार राती सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जर्जिन्होले खेलको २४औ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि चेल्सीको लिगमा २२ खेलमा ३८ अंक भएको छ र लिगको छैठौ स्थानमा उक्लिएको छ । त्यस्तै लगातार खराब प्रदर्शन गरिरहेको टोटनह्यामको भने २१ खेलमा ३३ अङ्क भएको छ र लिगमा आठौँ स्थानमा झरेको छ ।

अन्य सम्बन्धित समाचार:  म्यान्चेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा