एकदिवसीय सिरिज: ३२ खेलाडी प्रशिक्षण क्याम्पका लागि छनौटमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय सिरिजका लागि छनौट गर्न ३२ खेलाडीलाई प्रशिक्षण क्याम्पका लागि बोलाएको छ।

नेपालले आइसीसी सिडब्ल्युसी लि-२ अन्तर्गत आगामी मार्चमा ओमानमा नेपाल, अमेरिका र ओमानसहितको त्रिकोणीय एकदिवसीय सिरिज खेल्दै छ। माघ २४ गतेदेखि शुरु हुने प्रशिक्षण क्याम्पमा २१ खेलाडी सहभागी हुने क्यानले जनाएको छ।

पहिलो चरणमा प्रशिक्षण क्याम्पमा पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशान भारी, साहब आलम, सन्दीप जोरा, कमल सिंह ऐरी, आसिफ सेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजबंशी, हरिशंकर शाह, विवेक यादव, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खड्गबहादुर बोहोरा, अनुज चुनारा, पवन सराफ रहेका छन्।

अन्य सम्बन्धित समाचार:  इटालियन सिरी ए: इन्टरको सहज जित

त्यस्तै प्रशिक्षण क्याम्पका लागि छानिएका ने खेलाडीमा शरद भेस्वाकर, अविनाश बोहोरा, आरिफ सेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन्।